कर्पोरेट सामाजिक उत्तरदायित्व

बेष्ट फाइनान्स द्वारा जलपा पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण

मिति २०७५ साल माघ २६ गते शनिबारका दिन यस बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ८ स्थित जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु हस्तान्तरण गरियो ।

टोखा नगरपालिका वडा नं. ८ स्थित स्थानीय बाल बालिकाहरुका लागि ज्ञानबद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पुयाउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पुस्तकहरु हस्तान्तरण गरिएको थियो ।

उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष श्री नर बहादुर वि.सी.ज्यूलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा फाइनान्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत लगायत अन्य पदाधिकारीहरुका साथै पुस्तकालयका पदाधिकारीहरुको समेत उपस्थित रहेकोथियो ।

बेष्ट फाइनान्स र नेपाल रेडक्रस सोसाईटी वीच सम्झौता

काठमाडौंको कमलादिमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको बेष्ट फाइनान्स कम्पनी लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यक्रम सञ्चालनको लागि नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखा बीच सम्झौता सम्पन्न भएको छ ।  

फाइनान्सले यस आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदयित्व अन्तरगत विविध सामाजिक कार्यहरु जस्तै रक्तदान कार्यक्रम सञ्चालन, विभिन्न स्वस्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वीच विविध सचेतना मुलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालय अध्ययनरत विपन्न बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रम सञ्चालनको निम्ती सहकार्य गर्ने सम्झौता उल्लेख गरिएको छ । 

सो सम्झौता पत्रमा रेडक्रसको तर्फबाट नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको तर्फबाट सचिव माधव अधिकारी तथा फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी ले दस्तखत गर्नुभएको छ । 

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको  तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ  । 

बेष्ट फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।

Login Screen

Get your needs
in our Mobile App

App Store