हाम्रो बारे

बेस्ट फाइनान्स कम्पनी लिमिटेडको स्थापना उत्साही, उद्यमी र गतिशील गैरआवासीय नेपाली (NRNs) व्यवसायीहरूको समूहद्वारा गरिएको हो। फाइनान्सले २०५२/०३/०८ मा कम्पनी ऐन अन्तर्गत गाभिएको थियो र नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । फाइनान्सले २०५२/१०/१८ मा चाबहिल, काठमाडौं बाट औपचारिक कारोबार सुरु गरेको थियो । यो मुख्यतया साना र मझौला उद्यमहरूको वित्तीय आवश्यकताहरू पूरा गर्न प्रवर्द्धन गरिएको हो। संस्थाको वार्षिक साधारणसभाको निर्णय र कम्पनी रजिष्ट्रारको कार्यालयले २०७४/०५/२१ को स्वीकृति बमोजिम ‘जनरल फाइनान्स लिमिटेड’ नाम परिवर्तन गरी ‘बेस्ट फाइनान्स कम्पनी लिमिटेड’ मा परिणत भई २०७४/०६/२४ मा सञ्चालन सुरु गरेको हो । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको नाममा हाल फाइनान्सका १८ वटा शाखा छन् ।

दृष्टिकोण (Vision)

नेपालको दिगो विकासमा योगदान पुर्‍याउने एक प्रतिष्ठित, समावेशी र प्रविधिमैत्री वित्तीय संस्थामा रूपान्तरण हुने।

मिशन (Mission)

उत्कृष्ट ग्राहक सेवा, सञ्चालनमा उत्कृष्टता, जानकार र दक्ष मानव संसाधनको विकास, नियामकीय पालना तथा प्रविधिको प्रगतिमार्फत ग्राहक सन्तुष्टि र सेयरधनी मूल्य अधिकतम बनाउँदै नेपालको दिगो विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने।

मुख्य मूल्यहरू (Core Values)

  • इमान्दारिता
  • सहकार्य
  • ग्राहक सन्तुष्टि
  • समुदायमुखी
  • नियामकीय पालना

कर्पोरेट टैगलाइन (Corporate Tagline)

‘उत्कृष्टता फैलाउँदै, बेस्ट सेवा प्रदान गर्दै’

Login Screen

Get your needs
in our Mobile App

App Store